मुन्छेनग्लाडबाखसँग रियल मड्रिडको बराबरी

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा रियल मड्रिडले बराबरी खेलखेलेको छ । मंगलवार राति भएको समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड बराबरी खेल खेल्दे अंक बाडेको हो ।

रियलले खेलमा जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलको ३३ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दै मुन्छेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा थुरामले व्यक्तिगत दोस्रो गोल गर्दै मुन्छेनग्लाडबाखलाई २-० को अग्रता दिलाए ।

तर, खेलको ८७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई २-१ स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए ।

यो बराबरीसँगै रियलले समूह चरणमा पहिलो अंक जोडेको छ । यस अघि च्याम्पियन्स लिगकै सर्वाधिक सफल टिम रियल युक्रेनी क्लब शाख्तर डोनेक्ट्ससँग
३-२ गोल अन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ को रियलले २ खेलमा १ अंक जोडेको छ । रियल समूहको पुछारमा रहेको छ । मुन्छेनग्लाडबाख २ खेलमा २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?