बार्सिलोनाका अध्यक्ष बर्टोमेउले दिए राजीनामा

काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले राजीनामा दिएका छन् ।

क्लबका समर्थकबाट दवाव झेलिरहेका अध्यक्ष मारियाले राजीनामा दिएका हुन् । २०१४ मा बार्सिलोनाको अध्यक्ष बनेका बर्टोमेउलाई समर्थकले राजीनामा दिन दबाब दिदै आएका थिए ।

बर्टोमेउको मेस्सीसँगको सम्बन्ध समधुर रहन सकेको थिएन । मेस्सीले समेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए ।

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई क्लबमा खुसी राख्न असफल बनेपछि अध्यक्ष बर्टोमेउ आलोचित बन्दै आएका थिए । गत अगष्टमा मेस्सीले क्लब छाड्ने निर्णय सुनाएका थिए ।

उनी सहित क्लबका सम्पूर्ण बोर्ड सदस्यले पदबाट राजीनामा दिएका थिए । गत शनिवार भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियल मड्रिडसँग ३–१ को हार व्यहोरेको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?