दक्षिण कोरियामा थपिए ११९ जना कोरोना संक्रमित

काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ११९ जना संक्रमित थपिएका छन् ।

योसँगै दक्षिण कोरियामा कुल संक्रमितको संख्या २५ हजार ९५५ पुगेको छ ।

त्यस्तै त्यहाँ हालसम्म ४५७ जनाको मृत्यु भएको छ भने २३ हजार ९०५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै १ हजार ५९३ जना संक्रमित उपचाररत छन् ।

त्यस्तै ५३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?