काठमाडौं । भारतमा फ्रीमा कोरोना विरुद्धको भ्याक्सीन दिइने भएको छ ।
भाजपाले बिहार चुनावमा आफ्नो घोषणा पत्रमा यदि चुनाव जितेमा फ्रीमा कोरोना विरुद्धको भ्याक्सीन आम नागरिलाई दिने बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
केन्द्रीय मन्त्री प्रताप सारंगीले आईतवार सबैलाई फ्रीमा कोरोनाविरुद्धको भ्याक्सीन उपलब्ध गराउने बताएका हुन् ।
भारतमा हालसम्म १ लाख १९ हजार ३० जनाको मृत्यु भएको छ भने ७९ लाख ९ हजार ५० जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७१ लाख ३३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ५६ हजार २६ जना उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया