भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड-१९ संक्रमण

नयाँदिल्ली । भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिवार कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड-१९ संक्रमित भएको बताएका छन् । साथै उनले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिएका छन्।

फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज छन् । बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।
अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?