कोरोनाको प्रकोप : अमेरिकामा शुक्रवार हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम विश्वमा ११ लाख ४९ हजार २१२ जनाको मृत्यु भएको छ भने ४ करोड २४ लाख ८७ हजार ५१९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १४ लाख २३ हजार ३४३ जना संक्रमण मुक्त भएका छन् भने ७६ हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म२ लाख २९ हजार २८४ जनाको मृत्यु भएको छ भने ८७ लाख ४६ हजार ९५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५६ लाख ९८ हजार १६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २८ लाख १९ हजार ५०८ जना उपचाररत छन् ।

त्यस्तै १६ हजार ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म १७ हजार ९५४ जनाको मृत्यु भएको छ भने ९ लाख ३ हजार २८६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म १७ हजार३१७ जनाको मृत्यु भएको छ भने ९ लाख ४८३ जनालाई संक्रमण भएको छन् ।

त्यस्तै फ्लोरिडामा ७ लाख ७१ हजार ७८० जना संक्रमित रहेका छन् भने १६ हजार ३४९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा शुक्रवार ९०३ जनाको मृत्यु भएको छ भने ८१ हजार २१० जना संक्रमित भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?