वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओले एसियाका केही देशहरुको भ्रमण गर्ने भएको बताइएको छ । विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जाने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले बुधवार प्रकाशन गरेको सूचनामा विदेशमन्त्री पोम्पेओको भ्रमणबारेको सो सूचना प्रकाशन गरेको बताइएको छ । विदेश मन्त्री पोम्पेओको सो भ्रमण यही अक्टोबर २५ देखि ३० सम्मको हुने बताइएको छ ।
उनले भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।त्यस भेटका क्रममा उहाँहरुबीच द्धिपक्षीय विभिन्न विषयमा कुराकानी गर्नेछन् । भारत र अमेरिकाबीचका विविध साझेदारीका विषयमा उहाँहरुले वार्ता गर्नुहुने सो समाचारमा जनाइएको छ ।
उनी भारतपछि श्रीलंका र त्यसपछि मालदिभ्सको राजधानी माले पुग्ने बताइएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पेओ इण्डोनेशियाको राजधानी जाकार्ता पुग्ने सो समाचारमा जनाइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया