काठमाडौं । अमेरिकी राष्ट्रपति चुनाव बिस्तारै बिस्तारै नजिकिइरहेको छ ।
यस्तो अवस्थामा राजनीतिक प्रतिद्वन्दीहरुले एक अर्कालाई विभिन्न आरोप प्रत्यारोप लगाईरहेका छन् ।
यसैबीच अमेरिकाका पूर्व राष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका सदस्य बराक ओबामाले कोरोना भाइरसलाई लिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हमला गरेका छन् ।
ओबामाले भने, ‘जसले कोरोनाबाट स्वयंलाई बचाउन सकने, उसले कसरी हामीलाई बचाउन सक्छ ।’

फिलाडेल्फियामा लिंकन फाइनेन्सियल फील्डको बाहिर बोल्दै उनले भने, ‘हामी कोरोना महामारीको आठौँ महिनामा आईपुगेका छौँ, देशमा फेरि संक्रमणको केस बढीरहेको छ, डोनाल्ड ट्रम्प अहिले हामीलाई रक्षा गर्ने पक्षमा छैनन्, उनी स्वयं नै कोरोनाबाट बच्न सकेनन्, हामीलाई कसरी बचाउलान् ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया