काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधवार तालिबानको निन्दा गर्नु हुर्दै उनीहरूसँगको युद्ध शरिया (इस्लामिक कानून) मा आधारित कुनै कारण नभएको बताउनु भएको छ ।
संसदलाई सम्बोधन गर्नु हुर्दै घानीले “तालिवानसँग युद्धको कुनै शरियामा आधारित नभएको बताउनु भएको हो । लोया जिर्गा (अफगानिस्तानको संसद) मा युद्धविराम र हिंसा घटाउन आह्वान गरे पनि दुर्भाग्यवस, तालिवान अझै पनि हिंसा जारी राखेका उनले बताएका छन् ।
तालिबानहरुले युद्धको कुनै धार्मिक मान्यता नभएको उलेमा (धार्मिक विद्वानहरूको निकाय) ले पुष्टि गरेको घानीले बताएका छन् । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको पनि घानीले थप जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले स्वास्थ्य क्षेत्रमा पनि अफगान सरकारलाई सहयोग गरिरहेको र आगामी जेनेभा सम्मेलनमा उनीहरूले अफगानिस्तानप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्ने पनि उनले बताएका छन् ।
हालै भएको अमेरिकी हवाई कारबाही सहयोगलाई उद्धृत गर्दै अफागान सरकारलाई नेटो र अमेरिकाको सहयोग रहेको घानी थप जानकारी दिनु भएको छ । भ्रष्टाचारविरुद्ध लडाईमा हातेमालो गरेर काम गर्ने र आफ्नै खुट्टा उभिन पनि घानीको दाबी गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया