तखार प्रान्तमा सुरक्षाकर्मीमाथि हमला, २५ जनाको मृत्यु

काठमाडौं । बुधवार अफगानिस्तानमा सुरक्षाकर्मीमाथि भएको हमलामा २५ जनाको मृत्यु भएको छ । आक्रमण तालिबानी आतंककारी संगठनले गरेको बताइएको ।

यो हमला तखार प्रान्तमा भएको हो । तखार प्रान्तका गभर्नरका प्रवक्ता जावेद हेजरीले हमला पछि सुरक्षाकर्मी र आतंककारीबीच मुठभेड जारी रहेको बताएका छन् ।

हालसम्म मुठभेडमा कति आतंककारी मारिए भन्ने बारेमा केहि खुलेको छैन । सुरक्षा बल एक अप्रेशनको लागि गईरहेको बेला तालिबानले आक्रमण गरेको हेजरीले बताएका छन् ।

अफगानिस्तानमा शान्तिस्थापनालाई लिएर अफगानी सरकार र तालिबानबीच वार्ता जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?