भारत-चीन विवाद : भारतीय सेनाले लद्दाखमा समातेको चिनियाँ सेना फिर्ता गर्यो

काठमाडौं । भारतीय सेनाले दुई दिन पहिला लद्दाखमा समातेको चिनियाँ एक सैनिक चिनियाँ सेनालाई जिम्मा लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ति चिनियाँ सैनिक भारतको सीमामा आएकोले समातिएको हो । तर उनी अन्जानमै त्यहाँ प्रवेश गरेको बताइएको थियो ।

भारत र चीनबीचमा पछिल्लो केहि महिना यता विवाद जारी छ ।

लद्दाखको सीमावर्ती क्षेत्रको विवादमा गत १५ जूनमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्ले झडप २८ अगस्टमा १ भारतीय सैनिकको ज्यान गएको थियो । त्यसपछि दुबै देशले सीमामा सैन्य शक्ति बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?