काठमाडौं । कैलालीमा ड्यूटीमा प्रहरी जवान रामबहादुर साउँदको शव ६० घण्टापछि भेटिएको छ ।
उनीसँगै ड्यूटीमा रहेका असई गोविन्द विकको आइतवार शव भेटिएको थियो । मंगलवार बिहान विकको शव भेटिएको केहि पर उनको शव भेटिएको प्रहरीले जनाएको छ ।
गत शनिवार राति दुवै जना ड्यूटीमा उनीहरु रहेका एकाएक सम्पर्क बिहिन भएका थिए । खोज तलासको क्रममा विकको शव आइतवार कैलालीको मोहना नदीमा फेला परेको थियो । भने साउँदको शव हराइरहेको थियो
एकाएक सम्पर्कविहिन भएका उनीहरुलाई आपराधिक समूहले हत्या गरी फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी प्रहरीको रहेको छ ।
आइतवार नै प्रहरीले ११ जनालाई हत्या आशंकामा पक्राउ गरीअनुसन्धान थालेको छ । यद्यपी उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया