काठमाडौं । कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेका असई विकको शव आइतवार बिहान (आज) कैलालीको मोहना नदीमा भेटिएको थियो । त्यस्तै उनीसँगै गस्तीमा रहेका अर्का हबल्दार रामबहादुर साउँद भने बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विकसँग असन्तुष्ट रहेका समूह तथा त्यस क्षेत्रमा सामान तस्करीसँग संलग्न रहेका व्यक्तिहरु रहेका छन् । यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन् ।
गएराति उनीहरु दुवैजना धनगढी उप महानरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाबाट ड्यूटीमा निस्किएका थिए ।
उनीहरुमध्ये विकको शव आइतवार बिहान मोहना नदीको किनारमा भेटिएको थियो । तर साउँद भने अझै बेपत्ता रहेका छन् । खोजतलासका क्रममा साउँदले प्रयोग गर्ने मोबाइल भने फेला परेको प्रहरीले जनाएको छ ।
विकको हत्या गरि फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया