काठमाडौं । पोल्याण्ड सरकारले राष्ट्रिय रंगशालालाई कोरोना विशेष अस्थायी अस्पतालको रुपमा परिणत गरेको छ ।
कोरोना महामारीका कारण अस्पताल अपुग भएपछि पोल्याण्ड सरकारले रंगशालालाई कोरोना विशेष अस्थायी अस्पतालको रुपमा परिणत गरेको हो ।
पोल्याण्ड सरकारका प्रवक्ता पिओट्र मुलरका अनुसार झण्डै पाँच सय विरामीलाई कोठा पुग्ने कोठा पुग्ने भएकाले सरकारले राजधानी वार्सामा रहेको राष्ट्रिय रंगशालालाई
कोरोना विशेष अस्थायी अस्पताल बनाउन लागेको हो ।
पोल्याण्डमा पछिल्लो केही दिनमा थप सात हजार ४८२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । तीन करोड ८० लाख जनसंख्या रहेको पोल्याण्डमा अहिलेसम्म कुल संक्रमितको संख्या १ लाख ८३ हजार २४८ रहेको छ भने तीन हजार ६१४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर वास्तविक संख्या भने त्योभन्दा धेरै हुनसक्ने बताइएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया