कांग्रेस सांसदहरुलाई दशैँको भत्ता फिर्ता गर्न पार्टीको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई दशैँको भत्ता फिर्ता गर्नका लागि निर्देशन दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले खातामा आएको दशैँ भत्ताको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

संसदीय दलका नेता समेत रहेका कांग्रेस सभापति देउवाले सोमबार संसदीय दललाई सांसदका भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

संसदीय सचिवालय मार्फत यस वर्षको दशैँका लागि आएको भत्ता फिर्ता गर्न आएको निर्देशन अनुसार काम कारबाही गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन् ।

कोरोना महामारीका बेला सरकारले सांसदहरुलाई दशैँमा भत्ता दिन लागेको प्रति कांग्रेसले विरोध गर्दै आइरहेको छ । कतिपय सत्तारुढ दलकै सांसदहरुले पनि उक्त कुराको विरोध गर्दै भत्ता फिर्ता गर्ने घोषणा समेत गरिसकेका छन् ।

यो पनि

प्रधानमन्त्रीज्यू बरु सिधै भन्नूस- ‘सरकारले संक्रमितको संख्या गन्ने बाहेक थप केही गर्दैन’ !

दशैँ भत्ता फिर्ता गर्ने घोषणा गर्दै प्रकाशमान सिंहको सांसदहरुलाई यस्तो आग्रह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?