कोरोनाको प्रकोप : अमेरिकामा आईतवार कति थपिए कोरोना संक्रमित र मृतक ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । हालसम्म विश्वमा ११ लाख १८ हजार २९४ जनाको मृत्यु भएको छ भने ४ करोड २ लाख ६८ हजार ४९६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ करोड १ लाख ११ हजार ७४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७१ हजार ९७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा हालसम्म ८३ लाख ८७ हजार ७९९ जनालाई कोरोना संक्रमण भएको छ भने २ लाख २४ हजार ७३० जनाको मृत्यु भएको छ ।

त्यस्तै ५४ लाख ५७ हजार ६८४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २७ लाख ५ हजार ३८५ जना उपचाररत छन् ।

त्यस्तै १५ हजार ३८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै क्यालिफोर्नियामा १६ हजार ९७९ जनाको मृत्यु भएको छ भने ८ लाख ७५ हजार ५५७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १७ हजार ५८२ जनाको मृत्यु भएको छ भने ८ लाख ७० हजार १६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा हालसम्म ७ लाख ५५ हजार २० जनालाई संक्रमण भएको छ भने १५ हजार ९७० जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा आईतवार ४४ हजार ९४१ जना संक्रमित थपिएका छन् भने ४४८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?