अफगानिस्तानमा कार बम बिस्फोट : १२ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । करिव दुई शतक यता गृहयुद्धको साम्ना गरिरहेको अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा कार बम बिस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ ।

आईतवार भएको आत्मघाती बम बिस्फोटमा परेर १२ जनाको मृत्यु भएको हो भने १०० भन्दा धेरै मानिस गम्भीर घाईते भएका छन् ।

हालसम्म यो हमला कुनै पनि आतंककारी संगठनले जिम्मा लिएको छैन ।

यो भन्दा पहिला ३ अक्टोबरमा पनि अफगानिस्तानको नान्गहरमा एक बिस्फोट भएको थियो । जसमा १५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?