काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार ८७५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ५ जिल्ला
- काठमाडौं
- ललितपुर
- भक्तपुर
- मोरङ
- रुपन्देही
- सुनसरी
- चितवन
- सुर्खेत
- मकवानपुर
- बाँके
- दाङ
- कास्की
नेपालमा बितेको २४ घण्टामा थप २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यो कुल संक्रमितको ६९.७ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २६ हजार ४०८ जना र संस्थागत आईसोलेसनमा १२ हजार ९३३ जना छन् । तिमध्ये ३०१ जना संक्रमितको आईसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८३१ जना रहेका छन् । त्यस्तै नेपालका ७७ वटा जिल्लामध्ये मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या शुन्य रहेको छ ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ७३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।
हिजो (शनिवार) नेपालमा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८०० जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया