काठमाडौं । रुसमा आज (आईतवार) १५ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा त्यहाँ १८५ जनाको मृत्यु भएको छ ।
त्यहाँ हालसम्म २४ हजार १८७ जनाको मृत्यु भईसकेको छ भने १३ लाख ९९ हजार ३३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
रुसमा १० लाख ७० हजार ५७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ लाख ४ हजार ५७१ जना उपचाररत छन् ।
त्यस्तै २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया