अजरबैजान र अर्मेनियाको बीचमा फेरि एकपटक संघर्ष विराम

काठमाडौं । पछिल्ला केहि दिन यता अजरबैजान र अर्मेनियाको बीचमा भईरहेको संघर्षले उग्ररुप लिएको छ ।

लगातार समुदायमा खसालिइरहेको मिसाइलले मानिसहरुको ज्यान गईरहेको छ । दुबै देशले आफ्नो युद्धमा आम नागरिकलाई निशाना बनाएर मिसाइल हमला गरिरहेका छन् । यसैबीच दुबैदेशले एकपटक फेरि संघर्षविरामको कोशिश गरेका छन् ।

अर्मेनिया र अजरबैजानले नागोर्नो-काराबाख क्षेत्रलाई लिएर जारी तनावको बीचमा एक पटक फेरि आधिरातमा संघर्षविराम लागू गर्ने कोशिश गरेका छन् ।

आज भन्दा एक हप्ता अगाडि रुसको मध्यस्थतामा दुबै देशबीच सम्झौता भएको थियो । तर यसको लागू भने केहि घण्टाको लाथि मात्र सिमित रह्यो ।

रुसका विदेशमन्त्री सर्गेई लावरोवले फोनमा कुराकानी गरेपछि अर्मेनिया र अजरबैजानका विदेशमन्त्रीले पनि सम्झौताको घोषणा गरेका थिए ।

लावरावले दुबै देशसँग मस्को सम्झौताको पालना गर्न अपील गरेका थिए । अर्मेनिया र अजरबैजानको बीचमा २७ सेप्टेम्बरदेखि संघर्ष शुरु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?