उत्पादकले आफूले उत्पादन गरेका सामानलाई छुट्टै परिचय दिनका लागि लिइने ट्रेडमार्कको संख्या ५० हजार नाघेको छ । उद्योग मन्त्रालयका अनुसार गत आर्थिक वर्ष (२०७६-७७) मा मात्रै ३ हजार ८० वटा ट्रेडमार्क प्रदान भएको छ भने अघिल्ला वर्ष २ हजार ४ सय ६१ वटा ट्रेडमार्क दर्ता भएका थिए ।
बर्सेनि ट्रेडमार्क लिने उद्यमी व्यवसायीको संख्या बढेको छ । नयाँ तरिकाले उद्योग व्यवसाय गर्ने वा नयाँ उत्पादन निकाल्दा ट्रेडमार्क लिने हुँदा देशमा आर्थिक गतिविधि भइरहेको संकेत ट्रेडमार्क दर्ताको वृद्धिले देखाउँछ ।
व्यवसाय वा ब्राण्डलाई चिनाउने नाम, संकेत चिन्ह तस्बिर आकार र शब्दहरुको संयोजन टे«डमार्क हो । यसले उस्तै किसिमका सामान उत्पादन गर्ने अर्काे व्यवसाय भन्दा फरक देखाउन र आफ्नो बौद्धिक सम्पत्तिको सुरक्षागर्न मद्दत गर्छ । ट्रेडमार्क एकपटक दर्ता भएपछि पटक पटक बदल्न भने मिल्दैन ।
यता, धेरै उत्पादकले गर्ने एकैखाले उत्पादनको बौद्धिक सम्पत्ति अर्थात कलेक्टिभ ट्रेडमार्कतर्फ चालू आर्थिक वर्षको बजेटमा पनि सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैंचा, पस्मिना, चिया, कफी तथा हस्तकलाका सामानको ट्रेडमार्कमार्फत ब्रान्डिङ गर्ने घोषणा गरेको छ । तर, सरकारको नीति कार्यान्वयनमा आउन भने सकेको छैन ।
उद्योग विभाग स्रोतका अनुसार यसअघिका च्याङ्ग्र्रा पश्मिना, नेपाली लोक्ता, नेपाल कफी, नेपाल टि तथा नेपाली जुत्तालगायतले कलेक्टिभ ट्रेडमार्क लिइसके पनि निकासीमा सुधार नदेखिँदा सरकारले यसको प्रवद्र्धनमा त्यति रुचि देखाएको छैन ।
विदेशी दातृ निकाय र विकास साझेदारहरूको सहयोगमा ति वस्तुको कलेक्टिभ ट्रेडमार्क दर्ता भए पनि खर्चिलो भएको र लगानीअनुसार प्रतिफल नपाइएको सरकारी अधिकारीहरू बताउँछन् ।कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया