सैनिकलाई युद्धको तयारी थाल्न चीनका राष्ट्रपति शी जिनपिङको आदेश !

काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले आफ्ना सैनिकलाई युद्धको तयारी थाल्न आदेश दिएका छन् ।

Xi Jinping

सीएनएनको रिपोर्टका अनुसार जिनपिङले एक मिलिट्री बेसमा सैनिकलाई हाई अलर्टमा रहेर युद्धको तयारी थाल्न आदेश दिएका हुन् ।

उनले भने, ‘तपाईहरुको पूरा दिमाग र शक्ति युद्धको तयारीमा लगाउनूस् ।’

Xi Jinping

चीनको सिन्हुआ न्यूज एजेन्सीका अनुसार जिनपिङ मंगलवार चीनको गुआंगडोंगको एक मिलिट्री बेसमा सहभागी बनेका बेला यस्तो आदेश दिएका हुन् ।

China Military

उनी लिबरेशन आर्मी म्यारिन कोप्र्सको निरिक्षण गर्न पुगेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?