फ्रान्सद्वारा सार्वजनिक स्वास्थ्यलाई लिएर आपतकाल घोषणा

काठमाडौं । फ्रान्स सरकारले कोरोना महामारीसँग लड्नको लागि आपतकालको घोषणा गरेको छ । समाचार एजेन्सी रोयटरले यसको बारेमा जानकारी दिएको हो ।

यसका साथै फ्रान्स प्रशासनले कोरोना रोकथामका लागि विभिन्न नियमको पालना गराउनेछ । कोरोनाको बढ्दो संक्रमणसँगै फ्रान्सका विभिन्न शहरमा अलर्ट पनि जारी गरिएको छ ।

फ्रांस में कोरोना की जांच के लिए नमूना एकत्र करती महिला स्वास्थ्य कर्मी।

फ्रान्समा अहिलेसम्म कोरोना भाइरसका कारण ३३ हजार ३७ जनाको मृत्यु भएको छ भने ७ लाख ७९ हजार ६३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ लाख ३ हजार ४१३ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ४२ हजार ६१३ जना उपचाररत छन् । त्यस्तै १ हजार ६७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?