नेसन्स लिग फुटबल : एम्बाप्पेको गोलमा फ्रान्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले जित हात पारेको छ । बुधवार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सका लागि केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यान गोल गरे । त्यस्तै, क्रोएसियाका तर्फबाट निकोला व्लासिकले एक गोल गरे पनि खेललाई फर्काउन भने सकेनन् ।

UEFA Nations League: France Tops Croatia 4:2 at Stade de France

खेलको ८ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई अग्रता दिलाएका थिए । क्रोएसियाका निकोला व्लासिकले ६४ औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

UEFA Nations League, Prancis Hajar Kroasia 4-2 - Foto Tempo.co

केलियन एम्बाप्पेले ७९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई जित दिलाएका थिए । खेल सकिन ११ मिनेट अघि एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई जित दिलाए ।

अपराजित फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंक सहित तेस्रो स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?