काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १० लाख ९६ हजार ८२८ जनाको मृत्यु भएको छ भने ३ करोड ८७ लाख ३४ हजार ६९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २ करोड ९१ लाख २२ हजार ८९७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७० हजार ३८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा हालसम्म २ लाख २१ हजार ८४३ जनाको मृत्यु भएको छ भने ८१ लाख ५० हजार ४३ जनालाई संक्रमण भएको छ ।
५२ लाख ७८ हजार ७५३ जना संक्रमण मुक्त भएका छन् भने २६ लाख ४९ हजार ४४७ जना उपचाररत छन् । त्यस्तै १५ हजार २१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा ८ लाख ६५ हजार ५५९ जनालाई संक्रमण भएको छ भने १६ हजार ७६० जनाको मृत्यु भएको छ ।
टेक्सासमा ८ लाख ५१ हजार ४०० जनालाई संक्रमण भएको छ भने १७ हजार ३०८ जनाको मृत्यु भएको छ ।
फ्लोरिडामा ७ लाख ४१ हजार ६३२ जनालाई संक्रमण भएको छ भने १५ हजार ५९८ जनालार्य संक्रमण भएको छ ।
अमेरिकामा बुधवार मात्रै ५९ हजार ६९३ जना संक्रमित थपिएका छन् भने ९७० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया