नेसन्स लिग फुटबल : फ्रान्स र क्रोएसिया भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आज फ्रान्स र क्रोएसिया भिड्दै छन् ।  समूह चरणको चौंथो खेलमा फ्रान्स र क्रोएसिया भिड्न लागेका हुन् । क्रोएसियामा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे शुरु हुनेछ ।

2018 FIFA World Cup™ - News - Preview: France v Croatia - FIFA.com

मैदानमा फ्रान्स तेस्रो जित निकाल्ने योजनामा हुनेछ भने क्रोएसिया दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रने छ । लिग ए समूह ३ मा रहेको फ्रान्स ७ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । त्यस्तै, तेस्रो स्थानको क्रोएसियाले ३ खेलमा ३ अंक जोडेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?