अफगानिस्तान : वायुसेनाका दुई हेलिकप्टर ठोक्किँदा १५ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा भीषण हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

मंगलवार राती दक्षिणी हेलमन्दको नवा जिल्लामा अफगानी वायुसेनाका दुई हेलिकप्टर ठोक्किँदा १५ जनाको मृत्यु भएको हो ।

टोलो न्यूजले दिएको जानकारकिा अनुसार हेलिकप्टरद्वारा कमाण्डरहरुलाई एकै ठाउँमा झारिँदै थियो भने अर्को हेलिकप्टरबाट घाईतेलाई उठाइँदै थियो ।

यसै बेलामा दुबै हेलिकप्टर ठोक्किएका थिए । ठोक्किँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

हालसम्म भने अफगानिस्तानको रक्षा मन्त्रालयले दुर्घटनाको बारेमा पुष्टि गरिसकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?