काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण विश्वमा अहिलेसम्म १९ लाख ९० हजार ७५६ जनाको मृत्यु भएको छ भने ३ करोड ८३ लाख ५३ हजार ८४६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ८८ लाख ४६ हजार ५८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९ हजार ९६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा अहिलेसम्म १ लाख १० हजार ६१७ जनाको मृत्यु भएको छ भने ७२ लाख ३७ हजार ८२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ६२ लाख ९८ हजार ७०५ जना संक्रमण मुक्त भएका छन् भने ८ लाख २७ हजार ७६० जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ६३ हजार ५१७ जना संक्रमित थपिएका छन् भने ७२३ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया