नयाँदिल्ली । भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इण्डोनेशिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।
भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इण्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।
विदेश मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गरेका भारतीलाई इण्डोनेशियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।
त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उहाँ पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुन् ।
उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहनुभएको मन्त्रालयले जनाएको छ ।
उनीहरु दुबै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्ने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया