काठमाडौं । हत्या, हिंसा, बलात्कार जस्ता घटनालाई फेसबुकमा ठाउँ नभएको फेसबुकका सिइओ मार्क जुकरबर्गले बताएका छन् ।
उनले सोसल मिडिया प्लेटफर्ममा लगातार हिंसा भड्काउने पोस्ट शेयर भईरहेको भन्दै यस्ता पोस्टलाई फेसबुकमा कुनै स्थान नरहेको बताएका हुन् ।
यसलाई मध्यनजर गर्दै फेसबुकल आफ्नो पोलिसी अपडेट गरेको छ ।
मार्क जुकरबर्गले सोसल मिडिया फेसबुकमा एक पोस्ट गर्दै यसको बारेमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हामीले हेट स्पिच पोलिसीको अपडेट गरिरहेका छौँ, हामीले त्यस्ता सबै पोस्ट हटाएका छौँ, जसबाट हत्या, हिंसा, बलात्कार जस्ता दुर्घटनालाई बढावा दिने किसिमका थिए, यदि कोहि फेसबुकमा हेलोकास्ट सर्च गर्छ भने, हामी त्यसलाई सही कन्टेन्टमा लिएर जाने प्रयाश गर्नेछौँ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया