ओली प्रचण्ड वार्ता लगत्तै बालुवाटार पुगे पौडेल र शर्मा

काठमाडौं । सत्तारुसढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावबारे छलफलका लागि ओली भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेलगत्तै महासचिव विष्णु पौडेल र स्थायी कमिटि सदस्य जनार्दन शर्मालाई समेत बालुवाटार बोलाइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएसँगै केन्द्रीय राजनीतिमा हलचल मच्चिएको छ । अविश्वास प्रस्ताव दर्ता गराउन शुरुमा सघाएपनि नेकपा वरिष्ठ नेता माधव नेपाल समुह भने सहमतीसहित प्रस्तावबाट बाहिरिएको छ ।

आइतवार प्रदेशका १८ जना सांसदहरुले कामकारबाहीमा सबैलाई समेटेर नलगेको भन्दै अविश्वास प्रस्ताव प्रमुख सचेतक गुलावजंग शाह समक्ष पेश गरेका थिए । केन्द्रमा पूर्व एमाले निकट मानिएका शाहले आज १ बजेको लागि तत्काल बैठक बोलाई छलफल गर्ने तय गरेका थिए । तर सोमवार (हिजो) नै मुख्यमन्त्री शाहीले उनलाई पदमुक्त गरी प्रदेशको प्रमुख सचेतकमा सीता नेपालीलाई नियुक्त गरिएको छ ।

 

यो समाचार पढ्नु भएको थियो ?

ओली प्रचण्ड छलफलमा, मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिनसक्ने !

मुख्यमन्त्रिमाथिको अविश्वासको प्रस्तावबाट नेपाल समूह बाहिरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?