मुख्यमन्त्रिमाथिको अविश्वासको प्रस्तावबाट नेपाल समूह बाहिरियो

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिमाथिको अविश्वासको प्रस्तावबाट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बाहिरिएको छ ।

नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध आइतवार १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

सोमवार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता नेपाललाई भेटी प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेको स्रोतका दावी रहेको छ । मंगलवार भएको छलफलमा नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी प्रस्तावबाट बाहिरिएको एक नेताले जानकारी दिएका छन् ।

जसअनुसार अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १८ मध्ये ७ सांसदहरुले आफ्नो नाम फिर्ता लिनेछन् । त्यस्तै अहिले नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ । स्रोतले दिएको जानकारी अनुसार अध्यक्षद्वयले आज नै उक्त प्रस्ताव फिर्ता लिनको लागी निर्देशन दिने बुझिएको छ ।

यो पनि

ओली प्रचण्ड छलफलमा, मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिनसक्ने !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?