काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरुले बैठक बस्ने तयारी गरेका छन् । उनीहरुले थप छलफलका लागि भन्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।
कर्णालीको राजनीतिले केन्द्रीय नेताहरुमा पनि निरन्तर छलफल र बहशहरु भइरहेका छन् । तर केन्द्रीय नेताहरुले कुनै ठोस निर्णय नदिएको भन्दै आजको बैठक सञ्चालन गर्ने पक्षमा सांसदहरु लागेका छन् । अविश्वास प्रस्वाव दर्ता गराएपछि रुष्टिएको पूर्व माओवादी खेमाले आइतवार बिहान बैठक बोलाई छलफल गरेको थियो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटी प्रस्ताव फिर्ता लिनको लागी आग्रह गरेका थिए । वरिष्ठ नेता नेपालले टेलिफोन गरी प्रस्ताव फिर्ता लिनको लागि निर्देशन दिएको प्रतिक्रिया दिएपनि ओलीले भने कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।
आइतवार अविश्वासको प्रस्ताव दर्ता गराएपश्चात नेकपा कर्णाली प्रदेशका सचेकत गुलावजंग शाहले बैठक बोलाएका थिए । तर मुख्यमन्त्री शाहीले शाहलाई कामकारबाही राम्रो नभएको भन्दै सोमवार (हिजो) निलम्बन गरेका छन् । भने कर्णाली प्रदेश नेकपाको सचेतकमा सीता नेपालीलाई जिम्मेवारी दिइएको छ ।
साथै मुख्यमन्त्री शाही विरुद्ध लागिसकेकाले अब पछि हट्ने सम्भावना नरहेको कतिपय सांसदहरुले बताएका छन् । केन्द्रबाट पछि हटनको लागि दवाव आएपनि पछि नहट्ने पक्षमा नरहेको सांसदहरुको मनस्थिती रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया