काठमाडौं । पाकिस्तानका पूर्व राष्ट्रपति एवं पीपीपीका सह अध्यक्ष आसिफ अली जरदारी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन् ।
पाकिस्तान पीपुल्स पार्टीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएको हो ।
उनी आईतवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
लामो समयसम्म आसिफका सहयोगी रहेका डाक्टर असीम हुस्यानले सुगरको समस्याका कारण उनलाई अस्पताल भर्ना गरिएको बताएका छन् ।
पाकिस्तानी मिडियाका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिँदै छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया