कोरोना भ्याक्सीनको ट्रायलमा गम्भीर धक्का : किन रोकियो जोनसन एण्ड जोनसनको परीक्षण ?

लोकपथ संवाददाता
14
Shares
Vaccines, botulinum toxin and insulin ampules concept theme with glass vials with clear liquid next to a syringe and a hypodermic needle isolated on white background

काठमाडौं । अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको भ्याक्सीनको ट्रायल रोकिएको छ ।

आफ्ना हेल्थ वर्कर बिरामी भएका कारण ट्रायल रोकिएको कम्पनीले बताएको छ ।

जोनसन एण्ड जोनसनले ट्रायलमा भाग लिएका एक व्यक्तिमा यसको असर देखिएको भन्दै कम्पनीले हालका लागि ट्रायल रोकेको हो ।

ट्रायलमा भाग लिएका एक क्यान्डिडेटमा लक्षण देखिएपछि ट्रायल रोकिएको कम्पनीले जनाएको छ । अहिले यसको जाँच भईरहेको छ ।

यति बेला कोरोना भाइरसको संक्रमण सारा विश्वमा नै व्याप्त । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि पूर्ण सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो वटक देखिएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?