कोरोनाको प्रकोप : अमेरिकामा के छ महामारीको पछिल्लो अवस्था ?

काठमाडों । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । हालसम्म विश्वमा कोरोनाबाट १० लाख ड५ हजार ३३५ जनाको मृत्यु भएको छ भने ३ करोड ८० लाख ३५ हजार ४७० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ८५ लाख ९७ हजार २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६९ हजार ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख २० हजार ११ जनाको मृत्यु भएको छ भने ८० लाख ३७ हजार ७८९ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ५१ लाख ८४ हजार ६१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २६ लाख ३३ हजार १६३ जना उपचाररत छन् ।

त्यस्तै १४ हजार ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा १६ हजार ५९३ जनाको मृत्यु भएको छ भने ८ लाख ५८ हजार ३६८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा १७ हजार ९८ जनाको मृत्यु भएको छ भने ८ लाख ३९ हजार ५६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा ७ लाख ३६ हजार २४ जनालाई कोरोना संक्रमण भएको छ भने १५ हजार ४१३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमवार मात्रै ४५ हजार ७९१ जनालाई संक्रमण भएको छ भने ३१६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?