काठमाडौं । आफ्नो पार्टीको ७४ औँ वर्षगाँठमा सम्बोधन गर्दा उत्तर कोरियाली नेता किम जोङ उनी भावुक बनेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले उत्तर कोरियाका नागरिकको लागि आफू नागरिकले आशा गरे अनुसार बन्न नसकेको बताउँदै भक्कानिएका थिए । साथै उनले सम्बोधनका क्रममा माफी समेत मागेका थिए ।

रिपोर्टका अनुसार उनले सम्बोधन गर्दागर्दै चश्मा खोले र आँशु पुछ्न थाले । देशले आफ्नो पूर्वजको उद्देश्य पूरा गर्न जिम्मेवारी दिएको बताएका थिए ।

उनले शनिवार भएको कार्यक्रममा सैन्य परेडमा लेटेस्ट मिसाइल प्रदर्शन गरेका थिए ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया