काठमाडौं । बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिइने भएको छ । बंगलादेश सरकारले कानून संशोधन गर्दै बलात्कारलिाई फाँसी दिने घोषणा गरेको हो ।
बलात्कारका घटना लगातार बढ्दै जान थालेपछि बंगलादेश सरकारले कानून संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।
बंगलादेशका कानूनमन्त्री अनिसुल हकले राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलवारबाट कानून लागू हुने बताएका छन् ।
केही दिन अघि मात्र बंगलादेशमा सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा देशव्यापी प्रदर्शन भएको थियो । प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया