काठमाडौं । केहि महिना यता नेपालमा सुनको मूल्य बढी नै रहेको छ । सुनको मूल्य सारा व्श्विमा बढीरहेका बेला ग्लोबल कम्पनी गोल्डम्यान स्याशले भने २०३५ सम्ममा संसारका सबै खानीबाट सुन निकालिसकिने बताएको छ ।
त्यसपछि जमीन भित्रको सबै सुन सकिने बताइएको हो । बीबीसीको एक रिपोर्टका अनुसार वर्ल्ड गोल्ड काउन्सिलका प्रवक्ता हन्नाह ब्राण्डसटीटरले पनि आउने केहि वर्षमा खन्ने क्रम अब रोकिने बताएका छन् ।
किनभने सुन पहिलेको तुलनामा केहि गुणा घटिसकेको छ । वर्ल्ड गोल्ड काउन्सिलको एक रिपोर्टका अनुसार २०१९ मा सारा विश्वबाट लगभग ३ हजार ५३१ टन सुन निकालिएको थियो । विज्ञहरुले यो अवस्था पीक गोल्डको अवस्था भएको बताएका छन् ।
अर्थात् हामीले सबै ठाउँबाट सबै सुन निकालिसकेको अवस्था छ । केहि दिन पहिला मात्र डब्ल्यूजीसीले आफ्नो रिपोर्टमा धर्तीमा अब मात्र ५४ हजार टन सुन रहेको बताएको थियो ।
अहिलेसम्म ७० प्रतिशत सुन जमीनबाट निकालिसकिएको छ भने अब ३० प्रीतशत मात्र बाँकी रहेको छ ।
रिपोर्टका अनुसार ५० प्रीतशत भन्दा धेरै सुनको गहना बनिसकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया