काठमाडौं । अमेरिकाको लुइसियाना र फ्लोरिडामा हरिकेन डेल्टाले बिध्वंश मच्चाएको छ । यसबाट हालसम्म ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना वृद्ध र एक जना युवक छन् । यो तुफानका कारण लुइसियानाका धेरै ठाउँमा बिजुली गएको र साँढे तीन लाख भन्दा धेरै मानिस अन्धकारमा बसीरहेको बताइएको छ ।
त्यहाँ ६ हप्तामा यो दोश्रोपटक तुफान आएको हो । डेल्टाको कारण हावाको गति १५५ किलोमिटर प्रति घण्टासम्म चलेको थियो ।
डेल्टाका कारण जर्जिया, क्यारोलिना र भर्जिनियामा लगातार वर्षा भईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया