यस वर्षको अन्तिम नोबेल पुरस्कार अर्थशास्त्री द्वय पल मिलग्रोम र रोबर्ट विल्सनलाई

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल मिलग्रोम र रोबर्ट बी विल्सनलाई दिइने भएको छ ।

नोबेल पुरस्कार समितिले सोमवार यस वर्षको छैटौँ तथा अन्तिम पुरस्कारको घोषणा गरेको हो ।

उनीहरुलाई यो पुरस्कार अक्शन थेरीमा सुधार र लिलामीको नयाँ तरिकाको आविष्कार गरेकोमा दिइएको हो ।

उनीहरु दुबै अमेरिकाको स्ट्यानफोर्ड यूनिभर्सिर्टीमा कार्यरत छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?