अमेरिकी राष्ट्रपति ट्रम्पका सबैभन्दा ठूला फ्यान बुसा कृष्णाको निधन

काठमाडौं । अमेरिकी राष्ट्रपतिका सबैभन्दा ठूला फ्यान बुसा कृष्णको निधन भएको छ ।

डोनाल्ड ट्रम्पलाई भगवान जसरी नै पूजा गर्ने उनको कार्डियक अरेस्टका कारण निधन भएको हो ।

उनले बितेको वर्ष आफ्नो घर बाहिर ६ फीट अग्लो प्रतिमा बनाएका थिए । उनी ट्रम्पको पूजा गर्दथे ।

डोनाल्ड ट्रम्पको लागि उनी लामो आयू होस् भनेर व्रत बसेका थिए । उनी ट्रम्पको तस्वीर सधैँ आफूसँग राख्थे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?