ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

लोकपथ संवाददाता
0
Shares
LONDON, ENGLAND – SEPTEMBER 09: British Airways plane taxies after landing at Heathrow’s Terminal 5 on September 9, 2019 in London, England. British Airways pilots have begun a 48 hour ‘walkout’, grounding most of its flights over a dispute about the pay structure of it’s pilots. (Photo by Dan Kitwood/Getty Images)

लण्डन । कोरोना भाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।

कम्पनीले सोमवार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ तर राजीनामा दिनुको खास कारण खोलिएको छैन ।

विगत साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा सेवा गरेका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनु हुनेछ ।

पछिल्ला दिनहरुमा कोरोना भाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ ।

आइएजीमा नयाँ नियुक्त हुनु भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोना भाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे। उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प्रगति गरेको र एयरलाइन्सलाई आधुनिकीकरण गर्न ठोस कार्य गरेको भन्दै प्रशंसा गरेका छन्

ब्रिटिस एयरवेजले यसै वर्ष स्थापनाको एक सय वर्ष मनाउँदैछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?