ट्रम्पमाथि ट्वीटरको एक पछि अर्को एक्शन : हाइड गरिदियो अर्को ट्वीट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर गरेको भ्रामक ट्वीट फेरि एक पटक ट्वीटरले हाइड गरेको छ । उनले आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबी गर्दै एक ट्वीट गरेका थिए ।

ट्वीटरले भने ट्रम्पको उक्त ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको बताएको छ । कोरोना भाइरसबाट संक्रमित ट्रम्पको कोरोना रिपोर्ट अझै पनि नेगेटिभ आएको छैन । तर ह्वाइट हाउसका डाक्टरले ट्रम्पबाट अब संक्रमण अरुमा नफैलिने बताएका छन् ।

त्यसपछि ट्रम्पले ट्वीट गरेर आफू इम्यून भएकाले अब संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका हुन् । त्यहि ट्वीट भ्रामक भएको भन्दै ट्वीटरले हाइड गरेको हो । यस भन्दा अगाडिका केहि ट्वीट पनि ट्वीटरले भ्रामक भएको बताउँदै हटाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?