काठमाडौं । थाइल्याण्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु भएको छ ।
आज (आइतवार) बिहान तीर्थयात्री बोकेको बस रेलमा ठोक्किँदा १७ जनाको मृत्यु भएको हो भने २९ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
थाईल्याण्डको राजधानी बैंककबाट मन्दिरतर्फ गइरहेको यात्रुबाहक बस रेलमा ठोक्किएको बताइएको छ । अहिले दुर्घटनामा परेका घाइतेको उद्धार जारी रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया