काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व अहिले ग्रस्त छ ।
यसको चपेटामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि परेका छन् । तर उनी कोरोना संक्रमण मुक्त नभई सार्वजनिक कार्यक्रममा जाने भनिएपछि अहिले उनको आलोचना भईरहेको छ ।
उनले आज क्यालिफोर्नियाको चुनावी कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले १४ दिनसम्म क्वारेन्टाइनमा बस्न बताएको छ । तर राष्ट्रपति ट्रम्प ९ दिनमै सार्वनिक कार्यक्रममा सहभागी बन्न सक्ने कुरा ह्वाइट हाउसका डाक्टरहरुले बताएका छन् । तर ट्रम्प सार्वजनिक कार्यक्रममा जाने गरेर कसरी तयार भए भन्ने बारेमा अहिले बहस शुरु भएको छ ।
बास्तवमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी औषधि कम्पनी रीजेनेरनको भ्याक्सीन प्रयोग गरेका थिए ।
रीजेनेरन दुई मोनोक्लोनल एन्टीबडीको कोम्बिकेशिन बनाएको थियो । यसले संक्रमित बनाउने क्षमता ब्लक गर्दछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया