अभिनेता दिलीप कुमारका भाई असलम र असहानको कोरोनाबाट मृत्यु

काठमाडौं । ११ अक्टोबरमाबलिउड अभिनेता दिलीप कुमार र सायरा बानोको विवाह भएको ५४ वर्ष पुग्दैछ । तर यस वर्ष उनीहरुको परिवारमा एक पछि अर्को व्यक्तिको निधन भईरहेको छ ।

दिलीपका दुई जना भाईहरुको निधन कोरोना भाइरसका कारण भएको छ ।

१५ अगस्टमा श्वासप्रश्वासमा समस्या भएपछि उनीहरु दुबैलाई लिलावती अस्पतालमा लगिएको थियो ।

२१ अगस्टमा ८८ वर्षका असलमको मृत्युभयो भने फेरि २ सेप्टेम्बरमा ९० वर्षीय अर्का भाई असहानको निधन भयो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?