विश्वमा कोरोना भाइरसको नयाँ रेकर्ड, एकैदिन थपिए ३.४८ लाख संक्रमित

काठमाडौं । कोरोनाका कारण सारा विश्व अहिले त्रस्त र ग्रस्त बनेको छ । संक्रमण अहिले झनै तीव्र रुपले फैलिँदै गईरहेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमण २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच विश्वमा एकैदिनमा ३ लाख ४८ हजार नयाँ केस देखिएका छन् । यो संख्या एकैदिनमा विश्वमा थपिएका कोरोना संक्रमितको सबैभन्दा धेरै संख्या हो ।

बितेको २४ घण्टामा विश्वमा ६ हजार ४२४ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, रुस र कोलम्बियामा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका हुन् ।

विश्वमा अहिलेसम्म ३ करोड ६८ लाख ४ हजार ७७६ जनालाई संक्रमण भएको छ भने १० लाख ६७ हजार ५६० जनाको मृत्यु भएको छ ।

त्यस्तै २ करोड ७६ लाख ९७ हजार ८५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ हजार १ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?