काठमाडौं । चर्को विरोधका बीच किर्गिस्तानका राष्ट्रपति राजीनामा दिन तयार भएका छन् । उनको कार्यालयको तर्फबाट यो जानकारी दिइएको हो ।
किर्गिस्तानमा आईतवार भएको संसदीय चुनाव नतिजाको बिरोध जारी छ । प्रदर्शनकारीहरुले सांसद भवन तोडफोड गरेका छन् ।
मंगलवार प्रदर्शनकारीहरुमा आक्रोश धेरै भएको देखिएपछि राष्ट्रपतिले राजीनमा दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आक्रोशित बनेका प्रदर्शनकारीले पूर्व राष्ट्रपति अलमाजबेकलाई जेलबाट छुटाएका थिए ।
राष्ट्रपति सुरनबे जीनबेकोवलले यो हर्कत सत्तामा बस्न खोज्ने शक्तिले गर्न लगाएको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया