नेपाली वैज्ञानिक मुसामा कोरोना अध्ययन गर्न जुटे

कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् ।
मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ । यी यौगिकमा पनि कुन कुन कोरोना प्रतिरोधी क्षमता बढाउने हुन् भन्ने पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका केन्द्रीय विभागका अनुसन्धानकर्मी जुटेका हुन् ।
मुसामा कोभिड–१९ संक्रमण गराएर प्रतिरोधात्मक क्षमता बढाउने रसायन प्रयोग गर्दै त्यसले रोगसँग कसरी लड्छ भन्ने अध्ययन गरिनेछ ।
अनुसन्धानमा विभाग प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यात नेतृत्वको अनुसन्धानकर्ताको समूहमा डा. खगराज शर्मा, डा. विष्णुप्रसाद मरासिनी, डा. मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन खडायतलगायत सहभागी छन् । डा. अच्युत अधिकारी प्राविधिक र प्रा.डा. निरञ्जन पराजुली वैज्ञानिक सल्लाहकार रहेको यो अनुसन्धान एक वर्ष अवधिको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?